दफा ६
अदालतले अनुमान गर्ने कुराहरू
अन्यथा प्रमाणित नभएसम्म:
(क) एकाघरसँगका अंशियारहरूमध्ये जुनसुकै अंशियारको नाममा रहेको सम्पत्ति सगोलको सम्पत्ति हो भनि अदातलले अनुमान गर्नेछ ।
(ख) दुई वा सो भन्दा बढी व्यक्तिहरूको भोग वा चलनमा रहेको सम्पत्तिमा ती व्यक्तिहरू सबैको बराबर हक छ भनि अदालतले अनुमान गर्नेछ ।
(ग) कुनै अदालत वा सरकारी कार्यालयमा कानून राख्नु पर्ने स्याहा, श्रेस्ता वा कागजपत्रमा उल्लेखित गरिएको कुराहरू सही रूपमा उल्लेख गरिएका हुन् भनि अदालतले अनुमान गर्नेछ ।
(घ) अन्यथा प्रमाणित भएकोमा बाहेक देहायको अवस्थामा जन्मिएको शिशु विवाहित पतिबाट जन्मिएको अनुमान गरिनेछ:
(१) विवाह भएको मितिबाट एक सय असी दिन पछि जन्मिएको,
(२) पतिको मृत्यु भएको वा वैवाहिक सम्बन्ध अन्त्य भएको मितिबाट दुई सय बहत्तर दिनभित्र जन्मिएको
(घ१) पति र पत्नीको मञ्जुरीले कृत्रिम गर्भाधान प्रणालीद्वारा जन्मिएको शिशु विवाहित पतिबाट नै जन्मिएको हो भनी: अदालतले अनुमान गर्नेछ ।
(ङ) कुनै अदालत वा सरकारी कार्यालय वा अधिकारीबाट वा नेपाल कानुनबमोजिम अधिकार प्राप्त कुनै व्यक्तिबाट प्रकाशित भएको, तयार गरिएको वा प्रमाणित गरिएको भनि जनिएको लिखत सो अदालत, कार्यालय, अधिकारी वा व्यक्तिबाट प्रकाशित भएको वा तयार वा प्रमाणित गरिएको हो भनि अदालतले अनुमान गर्नेछ ।
(ङ१) डिजिटल वा विद्युतीय कारोबारबाट सम्झौता वा लिखत भएकोमा रितपूर्वक नै सम्झौता वा लिखत भएको हो भनी अदालतले अनुमान गर्नेछ।
(ङ२) डिजिटल वा विद्युतीय हस्ताक्षरबाट कारोबार भएकोमा रितपूर्वक नै हस्ताक्षर भएको हो भनी अदालतले अनुमान गर्नेछ।
(च) कुनै विदेशी राज्यको सरकारबाट वा त्यस्तो सरकारबाट अधिकार प्राप्त अधिकारीबाट प्रकाशित भएको भन्ने जनिएको सो राज्यको कानून वा अदालतको निर्णय छापिएको पुस्तक वा पत्रिकामा प्रकाशित त्यस्तो कानून वा निर्णय सही रूपमा प्रकाशित भएका छन्भनि अदालतले अनुमान गर्नेछ ।
(छ) बिदेशी राज्यको सरकारबाट प्राप्त भएका प्रमाण सही रुपमा प्राप्त भएका छन् भन्ने अदालतले अनुमान गर्नेछ ।
(ज) कुनै व्यक्तिले अर्को व्यक्तिको शरीरमा तेजाब वा अन्य ज्वलनशील पदार्थ फ्याँकेमा, छर्किएमा, खन्याएमा वा अन्य कुनै किसिमले कसैको शारीरिक क्षति हुने गरी प्रयोग गरेमा वा कसैलाई सेवन गराएमा निजले नियतवस वा जानी जानी त्यस्तो व्यक्तिको ज्यान लिने वा अङ्गभङ्ग गराउने कार्य गरेको अदालतले अनुमान गर्नेछ।